यार्साको छायाँमा पर्यटन

लुकेको धर्ती डोल्पामा यार्सागुम्बा र पर्यटनको मेल गराउने कसरत नीति-निर्माताले गरेका छैनन्

गणेश आचार्य, डोल्पाबाट फर्केर

हिडन् ल्याण्ड अर्थात् लुकेको धर्ती- डोल्पो, अहिलेको चलनचल्तीको भाषामा डोल्पा। रिपोर्टिङका लागि हालै १५ दिनसम्म डोल्पाका विभिन्न ठाउँ घुम्ने क्रममा माइनस ५ डिग्री सेल्सियसबाट पनि तल र्झ्ने तापक्रममा एक बिहान पारिलो घाम ताप्दै गरेका एकजना पर्यटन व्यवसायीसँगको कुरा पछि थाहा भयो- डोल्पाली र त्यहाँको वन सम्पदाबीचको नङ-मासु सम्बन्ध।

सम्बन्ध शुरु हुन्छ, बाजबाट। वनको बाजलाई छोपेर भारतका विभिन्न ठाउँ पुर्‍याउँदा डोल्पामा नगद वा जिन्सी भित्रिँदो रहेछ। बाजको सङ्ख्या घट्न थालेपछि जिल्लामा पैसा भित्र्याउने वन्यजन्तु बन्यो, कस्तूरी। अङ्ग-अङ्ग बिक्री हुने कस्तूरी पनि सकिएपछि गुच्छी च्याउ हुँदै अहिले यार्सागुम्बाले धानेको छ, जिल्लाको व्यापार। यार्चाकुन्भुबाट अपभ्रंश हुँदै यार्सागुम्बा शब्द बनेको रहेछ। स्थानीय भाषामा यार भनेको वर्षा, चा भनेको घाँस, कुन् भनेको हिउँद र बु भनेको कीरा। अर्थात् वर्षामा घाँस र हिउँदमा कीरा हुने वस्तु-यार्चाकुन्भु।

जन-वन सम्बन्ध
जेठको पहिलो सातादेखि दुई महिनासम्म यार्सागुम्बा टिप्ने सिजन हुन्छ। यो अवधिमा डोल्पाका विद्यालयहरू सुनसान हुन्छन्। शिक्षक, विद्यार्थी सबै यार्सा उम्रने पाटनतिरै भेटिन्छन्। त्यही यार्सागुम्बा टिप्न बाहिरका हजारौँ मानिस डोल्पा पुग्छन्। १० वर्षअघि एसएलसी परीक्षाको तयारी छाडेर यार्सा टिप्न जाँदा कृष्ण बुढा (२७) को गोजीमा रु.१८ हजार पर्‍यो। अघिल्लो वर्ष त बढेर रु.८० हजार हुन पुग्यो। कृष्णको यो आयले भाइबहिनीको पढाइमा योगदान गरिरहेको छ जस्तो, उनको कक्षा १० सम्मको पढाइमा गरेको थियो।

 

 
हात गुमाउन पुगेका रामबहादुर चलाउने।
कृष्णलाई पैसा जुटाउने यार्साले चार वर्षीय ऋतिकालाई भने प्रकारान्तरले नयाँ परिचय दिएको छ। तीन वर्षअघि यार्सा टिप्न जाँदा लेक लागेर बुबा रत्ने खत्रीको निधन भएको कुरा ऋतिकालाई थाहै छैन। घरमा एक्लो बुढाबाजे वीरबहादुर खत्रीलाई नातिनी पाल्न धौ-धौ पर्‍यो। अहिले ऋतिका दुनै बजारका क्षितिज गुरुङकी छोरी भएकी छन्। विद्यालयमा पनि ऋतिकाको बाबुको नाम क्षितिज गुरुङ नै लेखिएको छ।

फुल्चिङका रामबहादुर चलाउनेले साल्दाङको लेकतिर धेरै वर्ष यार्सा टिपे। त्यही क्रममा दाहिने हातमा आएको एउटा डल्लोलाई स्थानीय तरिकाले उपचार गर्न खोज्दा सङ्क्रमण भएछ, अन्ततः पूरै हात काटेर फाल्नुपर्‍यो। त्यसपछि साहूहरूको वास्तामा पर्न छाडेका रामबहादुर अहिले गुजाराको माध्यमको खोजीमा छन्।

डोल्पाली र वनबीचको सम्बन्धले यस्ता थुपै्र कथाहरू जन्माएका छन्। कतै सुखिलो, कतै हृदयविदारक। यार्साकै कारण लुटपाट, कुटपिट र चोरीदेखि हत्यासम्मका अपराधहरू भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुसूदन खड्का बताउँछन्।

यार्सा-पर्यटन बेमेल
यार्सा उम्रने डोल्पाका मनोरम प्राकृतिक छटाभित्र अनेकन सञ्चित सम्भावनाहरू छन्। खाने, बस्ने र घुम्ने दस्तुर महँगो भए पनि डोल्पामा शे, धौ, त्रिपुराकोट, काईगाउँ जस्ता अनेक ठाउँहरू छन्, जसको सौन्दर्यले पर्यटकलाई जति पनि पैसा तिर्न लालायित बनाउँछ। वयोवृद्ध सन्तराम थकाली भन्छन्, “मैले २००७ सालमै १७ जना भरिया लिएर आएका एकजना अष्ट्रेलियाली पर्यटक भेटेको छु।” त्यसको केही वर्षपछि थकालीले कान्जीरोवा हिमाल चढ्न आएका बेलायतका जोन ट्वाइसनसँग डोल्पामै फोटो खिच्न पाए। २०३७ सालमा अमेरिकी नागरिक टम पिस्कर घुम्ने अनुमति नपाए पनि लुकीलुकी डोल्पाको फेरो मारेको थकाली सम्झ्न्छन्।

पर्यटन विकासको अथाह सम्भावना बोकेको डोल्पामा अहिले प्रयासहरू थालिएको छ। भदौ २०६९ मा लाग्ने १२ वर्षे शे मेलामा विभिन्न देशका नामी बौद्ध लामासहित हजारौँ पर्यटक भित्र्याउन लागिपरेका छन्, डोल्पालीहरू। डोल्पामा पदयात्रीका लागि आवश्यक सबै सामानको जोहो गरिदिन लागिपरेका जितेन्द्र झ्ाँक्री र पर्यटकलाई वाईफाई इन्टरनेटको व्यवस्था गर्ने रवीन्द्र शाही जस्ता जाँगरिला युवकहरू छन्।

प्रतिकूल कुरा के छ भने पर्यटक घुम्न आउने र यार्सा टिप्ने सिजन एउटै पर्न गयो। पर्यटकका लागि जेठ-भदौ डोल्पा घुम्ने उपयुक्त सिजन हो, तर स्थानीय युवकयुवतीलाई जेठ शुरु हुने वित्तिकै यार्साले तितरवितर बनाइसक्छ। पर्यटकहरूले स्थानीय गाइड, भरिया पाउँदैनन्। जुफाल एयरपोर्टमा कति दिन बिताउँछन्, सामान बोक्नेहरू नभेटेर। विदेशी पर्यटकले

गणेश आचार्य
यार्सा टिप्न जाँदा लेक लागेर मृत्यु भएका रत्ने खत्रीकी छोरी ऋतिका (बायाँ)।
आफूलाई चाहिने खान्की काठमाडौँ या नेपालगञ्जबाटै बोकेर आउँदा जिल्लामा व्यापार पनि हुँदैन। दुनैस्थित सामाजिक कार्यकर्ता मङ्गली रोकाय भने डोल्पाका २३ वटै गाविसमा युवा यार्साको पछि लागेको बेला आउने पाहुनालाई घरको छतमा पाल टाँगेर पनि वास दिन्छिन्। उनी भन्छिन्, “सहयोगी नै नभेटिँदा पर्यटकले आफ्ना साथीभाइलाई डोल्पा जाने सल्लाह कसरी देलान् त?”

कसैलाई घाटाको व्यापार गर भन्नु पनि मिलेन। एक सय वटा यार्सा टिप्न पाए पनि १२ महिना मजाले चल्ने। पर्यटकको पोका बोकेर अनि गाइडको काम गरेर आएको पैसाले त्यति त कसै गर्दा पनि पुग्दैन। पर्यटनको समस्यामा स्थानीय युवाको यस्तो बाध्यता जोडिएको छ। १५ दिन डोल्पामा बिताएपछि भने मलाई लाग्यो, यार्सा र पर्यटन बेमेल कुरा रहेछन्। तर कमजोरी नीतिमा पनि छ। पर्यटकहरूले कर्णाली छिर्न काठमाडौँमै पैसा तिर्छन्, जुन उतै रहन्छ। नारा मात्र लगाइन्छ, कर्णाली पर्यटन विकासका लागि सबै जुटौँ।

नीतिनिर्माताहरूले यसरी जुट्ने आह्वान गर्नुभन्दा डोल्पा लगायत कर्णालीमा पर्यटनलाई यार्साको विकल्प बनाउन सक्नुपर्ने देखिन्छ। भनाइको तात्पर्य, वर्षको १५०० को दरले आउने पर्यटकको सङ्ख्यालाई १५ हजार नपुर्‍याएसम्म डोल्पालीहरू यार्सा खोज्न छाड्दैनन्। त्यसमाथि शे-फोक्सुण्डोसम्म पुग्ने सडक निर्माणमा देखिएको झ्गडाले सन्तराम जस्ता पर्यटनको विकास चाहने धेरै डोल्पालीको चित्त दुखाएको छ। सडक नै नबनेपछि कसरी पर्यटक आउने अनि स्थानीय युवा कसरी पर्यटन व्यवसायमा सहभागी हुने? नीतिनिर्माताहरूले नेपाल भ्रमण वर्ष २०११ को उत्तरार्द्ध र तीन वर्षपछिको अर्को भ्रमण वर्ष २०१४ को तयारीका बीच यो विषयमा मगज खियाउनुपर्छ।

विगतको डोल्पा नामक आफ्नो पुस्तकमा सन्तरामले लेखेका छन्, “मनमोहक प्राकृतिक छटा, शुद्ध हावापानी र शान्त वातावरणले यहाँ तानेका अतिथिहरूलाई अर्को स्थानको लागि उत्सुकता जगाउँछ र भ्रमण गरेका स्थानले एकफेर सिंहावलोकन गराउन बाध्य गराउँछ भने यो डोल्पा स्वर्ग नभएर जेल होला त?”

१-१५ फागुन २०६८, हिमाल खबरपत्रिका वर्ष २१, अङ्क २० पूर्णाङ्क ३०४ मा प्रकाशित

 

लगन पछिको पोतेको के काम ?

संविधानसभाको म्याद घर्किन लाग्दै गर्दा विरोध सभा तथा धर्ना जस्ता कार्यक्रमहरु बढ्दै गइरहेका छन् । संविधानसभा भवन अगाडी पूर्व सांसद मञ्च सुर्य उदाउँदा देखि नअस्ताउँदासम्मको रिले अनशनमा बसेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विरोध कार्यक्रम गर्‍यो । महिला अधिकारवादीहरु पनि धर्नामै छन् । दूइतीन दिन देखि मेरो इमेलमा संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री र मुख्य दलका नेताहरुको निवास अगाडी ६०१ सेकेण्ड धर्ना बस्ने निम्तो पनि आइरहेका छन् । मेरो मनमा प्रश्न उठ्यो, यति पछि मात्र यस्ता कार्यक्रम किन - प्रश्नको उत्तर खोज्न म पूर्व सांसद मञ्चको भद्र दबाब आन्दोलनमा पुगे । आन्दोलनका संयोजक पूर्वसांसद वीरबहादुर सिंहले मेरो प्रश्नको जबाब दिए, "हामीले त्यस्तै सोचेका थियौं, पहिले यी सभासद्संग हामीलाई विश्वास लागेको थियो । अब चाहीं केही नगर्ने रैछन् है भन्ने लागेपछि आन्दोलन सुरु गरेका हौं ।"  उत्तर अझै नभेटेपछि मैले पूर्वसांसद शारदा पोखरेललाई पनि सोधें । "खासमा चाहीं उहाँहरुलाई एकपटक जनतातीर फर्केर हेर्नुस् त भन्नका लागि यस्तो कार्यक्रम गरेको हो ।" कत्रो विश्वास सभासद्प्रति ? कार्यक्रममा ऐक्यबद्धता जनाउन आएका नेकपा एकिकृतका सभासद् परी थापालाई मैले सोधें, "उहाँहरुको विश्वास थाम्न सक्नुहुन्छ त ? " उत्तर आयो, "मेरो भागको जिम्मा म लिन्छु, सबैभन्दा ठूलो गल्ती नै २ वर्षको समय तोकेर भयो । अब जेठ १४ मा त संविधान नआउने नै भयो । थपिएको समयमा चाहीं जसरी भएनी लेख्नुपर्छ ।" कार्यक्रम हे‌र्न आउने, बाटोमा हिंडिरहेका सबैको अनुहारमा आक्रोश थियो, तर यो आक्रोश आजभोलि हैन, १० महिना अघि आउनुपर्थ्यो। संविधानसभाबाट संविधान बनाउने जिम्मा पाएर पनि यता उता डुलेर हिंड्ने दलका मुख्य नेताहरुको बन्द कानमा १० महिना अघि यस्ता धर्ना, अनशन, आन्दोलन जस्ता विरोधको स्वर सुनाउन पाएको भए, अहिलेसम्म केही भइसक्थ्यो की  ? लगन पछिको पोतेको के काम ?

 

२०६८ साल जेठ ६ गते ।

 

 

सभासद्‌बाट के सिक्ने ?

 

इतिहासमै पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा हामीले ६०१ लाई हाम्रो प्रतिनिधि बनायौं, हाम्रा कुरा बोल्न अनि संविधान बनाउन । विजयसभामा ताली बजाउन उठेका हातहरु, शक्ति हुन् जस्तै लाग्थ्यो, सभासद्हरुको । पूर्ण आशा थियो, हाम्रै गाउँघरमा पुगेर पीरचिन्ता बुझ्दै हिंडेकाहरुले हाम्रो र राम्रो संविधान बनाउने भए, देश शान्त हुनेभयो भन्ने लाग्थ्यो । त्यो उत्सव, म अझै विर्सन्न । 
तर आजभोलि भने दिनदिनै पत्रिकाको पहिलो पातोमा सभासद्का लाजमर्दो कामका बारेमा खबर पढ्न पाइन्छ । केही समय अघिसम्म "सभासद्हरुले संविधान बनाउन नसक्ने भए", "संविधानसभाको बैठक छोडेर सभासद् पार्टीको काममा" जस्ता समाचार शीर्षक देखिन्थे । एकदिन मभन्दा ५ वर्षति कान्छो एउटा भाईले मलाई कोठैमा आएर सोध्यो, "सभासद्लाई देशको चिन्ता छैन, हो दाई -" उत्तर मसंग थिएन । तर उ बाटोमा भेट्दा समेत मलाई यही प्रश्न सोधर हैरान पाथ्र्यो ।
सभासद्का आजभोलिका काम फेरि समाचार बन्न थालेका छन् । २ महिनाको पत्रिकाहरु पल्ट्याएर हेरें, सभासद्, संविधान र संविधानसभाका खबर प्रमुख हुने त भैहाले, त्यसमाथि कम्तीमा हप्तामा एकजना सभासद्ले उपद्रो गरेको खबरहरु पनि देखें । सभासद्ले पासपोर्ट बेचे, सभासद् बत्ती चोर्दा चोर्दै पक्राउ परे, सोमरसले मातिएर सभासद्ले तमासा गरे, सभासद्ले आफ्नो परीक्षा अरुलाई नै दिन लगाए, सभासद्ले बैठकमा कुर्सी फाले आदि इत्यादि ।
सरकारले एकजना सभासद्का लागि छुट्याएको तलब, भत्ताले हाम्रोजस्तो देशमा ५ वटा परिवार राम्रैसंगले पालिन्छ । आफूलाई भोट दिएर जिताएका त्यही गरिब परिवारको चुल्होमा आज आगो बल्यो की बलेन, परिवारका सबैको पेटमा अन्न पर्‍यो की परेन भनेर सोच्नुपर्ने सभासद्ले भर्खरका अल्लारेहरुले जस्तो जथाभावी गतिछाडा भएर हिंड्दा, के ती गरिब मतदाताहरु खुशी होलान् - मैले भोट दिएर कस्तो सभासद् जिताएछु वा आफूले भोट दिएर जिताएको पार्टी कस्तो मान्छे छानेछ - भन्दै चुक्चुकाउँदै होलान् उनीहरु । अह्राएको काम त गरेनन् गरेनन् तर गर्नै नहुने काम पनि गरे भनेर कहिलेकाँही लाजले भुतुक्कै पनि हुन्छन् होला । घरका स्कुले छोराछोरीलाई "ठूलो मान्छे बन तर सभासद् चाहीं नबन" भनेर सिकाउँदै होलान् । पल्लो घरको अम्बा चोरेको थाहा पाएर बुवाले लठ्ठी तेर्साउँदा, आँखा पिलपिल पारेर तिनै लालाबाला भन्छन् होला, "सभासद् भनिएका त्यति ठूला मान्छेहरु त कस्तो कस्तो गर्छन्, मलाई मात्र किन गाली गर्नुहुन्छ -"  पक्राउ परेको नक्कली परीक्षार्थी पनि भन्छ होला, "मलाई त हजुरबाले, ठूलाले गरेको कामबाट सिक्नुपर्छ भन्नुभाथ्यो, मैले त्यही गरेको ।" तिनै लालाबाला भोलि गएर हानाहान, काटाकाट, मारामार गरे वा कुनै पनि काम समयमै गरेनन्, आलटाल गरे भने अचम्ममा नपरे हुन्छ, आखिर उनीहरुले यो काम पनि अरुबाटै सिकेको हो । 
एक साँझ बानेश्वर चोकतीर रमाइलो हेर्न निस्किएँ । भुइँको पत्रिका पसलमा मान्छेहरु सभासद्कै परिचर्चा गर्दै थिए । कोही जागिर माग्न जाने भन्थे, कोही चाहीं झापड आन्दोलन सुरु गर्नुपर्छ जस्तो छ भन्दै व्यङ्ग्य गरिरहेका थिए । अलि परतीरबाट मलाई प्रश्न सोधिरहने त्यही भाई आउँदै गरेको थिएँ । यसले फेरि "सभासद्लाई देशको चिन्ता छैन, हो दाई -" भन्ने प्रश्न सोध्नेभो भनेर भीडमा छलिने प्रयास गरे तर असफल भएँ । उसले मलाई भेट्टाइहाल्यो । आज उसले मलाई अझ धेरै अनुत्तरित बनायो । उसको आजको प्रश्न थियो, "दाई, सभासद्बाट हामीले सिक्ने केही राम्रो कुरा छ त -" यसको उत्तर पनि मसंग थिएन । 
 

 

२०६८ वैशाख २६

Facebook 'Common Sense'

Last September, I was experiencing the first-probable feel-able shock of earthquake in my life. I was riding towards my room on my bike that evening. On reaching the center of the Sankhamul Bridge, my Bike got stopped. Suddenly, the 8.9 scaled quake started swinging the bridge. After seeing the public scampering, my heartbeat also got faster because of frightening. I was thinking, the bridge may break down. After escaping out, I was being so eager to update my Facebook status about this most-remembering incident. Although of the hurdles in network connections, I accomplished the job of updating. Some friends liked and some of them commented on it.

Besides the comments, something else was also admiring me. The wall of this social-network was filled up with current updates about the recent quakes. Casualties, damages, intensity on different areas were all seen in the posts of the users. Facebook, at that time stood as an open-portal for Citizen-Journalism. Merely 10 per cent of my Facebook friends are journalists working for different media or freelancing, but I was seeing the posts from about 50 percent of my friends who have not done their first reporting. I was getting the updates from most of the districts in just seconds. 'No one has to be a professional Journalist to disseminate the Information or News', this statement has been proved, because Facebook was the only news source for me that day. Most of the radios and TVs were playing music; some were talking about the politics and some were scrolling Flash news. But naively, I was searching for full details about the casualties in the areas of my concern, which may be my homeland or somewhere else. But none of the media were providing the full-details. I thanked my friends for updating that status. I too was updating my experience and perceptive about the quake, by which my friends on abroad may get informed. After that day, I am always thinking and searching the way to use this social-portal as a space for Citizen-Journalism. If used decently, Facebook permits us to get a lot of News, Information and Updates through an individual citizen journalist. In my sense, every Facebook User is a journalist which may be narrowcasting, but is propagating the news. All of us, me and you…

You may be thinking what type of decency I am talking about!!! but I do have another experience of mine. I have liked some very interesting Facebook Fan Pages. Some of the pages I have liked contain more than 70K like hits. One day I got the sad news of the demise of Ram Man Trishit, the popular music-artist of Nepal. Again Facebook was the medium to give me the news. 'May his soul RIP' I wrote on the status of Mysansar.com. With profound heart, I was just signing-off, my eyes rolled on some very coarse notifications. Some of the users liked the status were there was written, 'Ram Man Trishit is no-more'. I didn't feel, I should say something to them, because it is just a 'common sense' that no one likes the demise.

Next happening. After the demise of Dalit-Activist Subas Darnal, many were writing in his Facebook wall. Some of them were stating, "I am sad to listen the news of your death, I do not believe it" and some were writing, "Is this news true?" where had the common sense of those users been to? Are they unknown that the dead cannot answer their questions and comment on their status post? Again the question of 'common-sense' arises.

Same is happening now days. The vulgar posts in the Facebook walls are also the lack of common sense. If you want to read more about those unbelievable offensive stories by clicking on 'Follow', you will definitely get the problems as these. If you want to get rid of those stories posted on the walls of your friend by your name, just click on 'Report as Spam' to those stories. You can see this option to the right of the story post.

Finally, it's my conviction; Facebook is an open slam-book protected with password, if used decently is a space for sharing feelings but is a destructive technology if we forget the universal concern of 'common sense'. Again I say, use Facebook; a diary, to share your experience as story-teller and the news as Citizen- Journalist, but think, Facebook has the largest coverage, which not only spreads your success, but also your slip-ups will be seen worldwide. Mind your clicks on likes and keys on comments. Don’t take a chance to get slithered yourself. That's the rule of Facebook 'Common-sense'.

धुलाम्मे काठमाडौं

कार्यालय समयमा निकै नै व्यस्त रहने नयाँ बानेश्वर चोक बिहान साढे ९ बजेतीर गाडीहरुको लामो पंक्ति जाम खुल्ने प्रतिक्षामा छ । १ घण्टा अघिसम्म पानी परिरहेको थियो । तर केही छिन अघि लागेको चर्को घामले सडकमा फुङग धुलो उडेको छ । पब्लिक हेल्थमा स्नातक गरिरहनुभएकी १९ वर्षीय करुणा भट्टराई सँधै यहि बाटोबाट कलेज जानुहुन्छ । उहाँ भन्नुहुन्छ, “कलेज जाँदा सफा भएका लुगा, बेलकुा फर्कदा धुलोमा डुबाए जस्ता हुन्छन् । नुहाउन, लुगा धुन पानी पाइँदैन ।” यो धुलोले करुणाको आँखामा २ महिना अघि इन्फेक्सन पनि भएको रैछ । “एकजनाले मात्र गर्न सक्ने भए, उहिले नै सफा गरिसक्थें”, भन्नुहुन्छ, “सोच्नुपर्नेले सोच्दैनन्, हामीमात्र जागेर के हुन्छ र ?”

करुणा कलेजतीर लागेपछि मेरा आँखा चोकको बीचमा उभिएका एकजना ट्राफिक प्रहरीतीर छ । दिनहुँ यस्तै ठाउँमा यही काम । धुलोको बीचमा रहेका उनले मास्क समेत लगाएका छैनन् । एकछिनपछि म भएतीर आएपछि उनले सुनाए, “म मात्र हैन, सबै ट्राफिक प्रहरीको कथा यही नै हो ।” ट्राफिक प्रहरी महाशाखा, रामशाहपथबाट दैनिक काठमाडौंमा ८ सय ट्राफिक प्रहरी ड्युटीमा खटिन्छन् । महाशाखाका एकजना अधिकारी बताउँछन्, “क्षयरोग र फोक्सो सम्बन्धि रोगहरु बढी देखिने गरेको छ, ड्युटीमा रहेका ट्राफिक प्रहरीहरुमा ।” समय समयमा हुने स्वास्थ्य परीक्षणमा कम्ती ३० जना ट्राफिक प्रहरीहरुमा स्वाशप्रश्वासको रोग, फोक्सोको रोग र कान कम सुन्ने समस्या देखिने गरेको पाइएको छ । धुलो र धुवाँमा दिन बिताउने ट्राफिक प्रहरीले प्रयोग गर्ने मास्क पनि त्यत्तिधेरै गुणकारी हुँदैन । बढीमा २० प्रतिशत मात्र धुलो धुवा प्रतिरोधात्मक भएका कारण उनीहरुमा त्यो समस्या देखिएको महाशाखाले जनाएको छ । अधिकारी थप्छन्, “हामीले प्रयोग गर्नुपर्ने मास्क त अलि महंगो पर्छ, जसले ८० प्रतिशत धुलो धुवाँ रोक्छ । अनि त्यो मास्क लगाएर ड्युटी गर्न पनि गाह्रो हुन्छ । न त सिट्ठी नै प्रयोग गर्न मिल्छ ।” त्यसमाथि विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न सुझाएको मास्क २४ घण्टा भन्दा धेरै प्रयोग गर्न मिल्दैन ।

काठमाडौंको हावापानीमा यत्रतत्र छरिएका धुलोका कणमा श्वासप्रश्वास सम्बन्धि रोगैरोग छन् । ती धुलोका कणलाई माइक्रोन इकाईमा नापिन्छ । Particulate Matter अर्थात् हावामा हुने कणहरु १० माइक्रोनभन्दा सानो भएभने ती सजिलैसंग शरीरमा प्रवेश गर्न सक्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर काठमाडौंको हावामा १ माइक्रोनभन्दा सानो धुलोका कणहरु पनि छन् । बानेश्वर, थापाथली, बागबजार, गोंगबु, कलंकी, पुतलीसडक लगायतका ठाउँमा यस्ता कणहरु तपाई हाम्रो शरीरमा प्रवेश गर्ने मौका कुरेर बसेका छन् । वातावरणमा कति धुलोका कणहरु छन् भनेर त्यसको घनत्व नाप्ने यन्त्र पनि हुन्छ । राजधानीका ६ ठाउँमा यस्ता यन्त्र जोडिएका पनि थिए । तर ५ वर्षदेखि ती मेसिन कामै नलाग्ने अवस्थामा छन् । तर वातावरणविद् भुषण तुलाधर भन्नुहुन्छ, “हामीले गरेका अनुसन्धान बाट के पत्ता लागेको छ भने, पुतलीसडकमा धुलोका कणको घनत्व औषतमा २०० हुन्छ, जबकी विश्व स्वास्थ्य संगठनले २० भन्दा माथि पुगे हानिकारक हुने बताएको छ ।” गर्मी महिना सुरु भएदेखि नै त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालमा भिड लाग्ने गर्छ । दैनिक २ सय जना जति आँखाका विरामी घण्टौं लाइन लागेर उपचार गराउन आउँछन् । केही दिन अघि म लाइनमा लागेकाहरुलाई भेट्न पुगेको थिएँ । काठमाडौंको नरदेवी घर भएका ४२ वर्षीय पुष्प श्रेष्ठ लाइनको अघिल्तिरै हुनुहुन्थ्यो । अग्ला अग्ला घरमा रंग लगाउने काम गर्ने पुष्पलाई बाटोको धुलोले वर्षेनी विरामी बनाउँछ । उहाँ भन्नुहुन्छ, “काम नगरी पनि नहुने, काम गरे पनि प्रत्येक वर्ष आँखा रातो हुने, सुन्निने रोग लागेर जचाउँन आउनुपर्छ ।” अस्पतालका डाक्टर मोहनराज बज्राचार्यले उहाँलाई औषधी खान र चश्मा लगाउन सल्लाह दिनुभयो । डाक्टर बज्राचार्यका अनुसार अस्पतालमा दैनिक उपचार गराउने आउने मध्ये कम्तीमा ५० जनाको आँखा प्रदुषणका कारण संक्रमित भएको हुन्छ । “धुलोसंगै त्यसमा रहेका किटाणुहरु आँखामा प्रवेश गर्छन्, त्यसले गर्ने संक्रमणलाई कन्जक्टिभाइटिस भनिन्छ । यस्तो रोग लागेको विरामीले १० दिनसम्म दैनिक काम समेत गर्न सक्दैन । यही रोगले धेरैको आँखामा फुलो समेत परेका रेकर्डहरु छन् ।”

पहिले पहिले उज्यालो नहुँदै सफा भइसक्ने काठमाडौंका सडकहरु आजभोलि बिहान ६ बजेतीर सफा भइरहेको देख्न सकिन्छ । पुतलीसडकको बाटो छेवैमा गहना पसल गर्ने सुरेश शाक्य भन्नुहुन्छ, “कहिले त ४ ५ दिनमा मात्र कुचो लगाउन आउँछन् । दिनभरी त्यो धुलो यता उता उडीरहन्छ ।” सुरेशलाई पनि यो धुलोले निरन्तर सिंगान बगीरहने समस्या देखिएको छ । “दिनदिनै सफा गर्दिने भए कति राम्रो हुन्थ्यो ।” उहाँको मात्र होइन वरपर बस्ने र यो बाटोमा बटुवा भएर हिंड्ने सबैको गुनासो हो यो । तर काठमाडौं नगरपालिकाको वातावरण व्यवस्था महाशाखाका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, “अहिले आएर बाटोघाटो धेरै बने, त्यसैले हामीले भ्याएनौं । सडक छेउमा थुपारिएका गिट्टी बालुवाले पनि धुलो बढी हुन्छ । हामीले तिनीहरुलाई कार्बाही पनि गरेका छौं ।” काठमाडौंमा धुलोको प्रमुख श्रोत भनेको गाडीको धुवाँ र जथाभावी फालिएको फोहर र थुपारिएका निर्माण सामग्री नै हुन् । गाडीको संख्याले आकाश छुने बेला भैसक्यो । पुराना गाडीहरु पनि यही बाटोमा चलिरहेका छन् । गाडी धेरै भएपछि जाम हुने सम्भावना पनि धेरै । जामको बेला तीन नम्बरमा गेयर चलिरहेको गाडी एक नम्बर गेयरमा जान बाध्य हुन्छ अनि त्यसले साधारण अवस्थामा भन्दा तेब्बर बढी धुवाँ फाल्छ । अनि जथाभावी फालिएको फोहरमा रहेका कणहरु पनि त्यही हावामा मिसिन्छन् । गाडीहरुको गति बढ्न थालेपछि ती कणहरु उड्न थाल्छन् । काठमाडौंको भौगोलिक बनावटका कारण समेत धुलो धेरै टाढा पुग्न सक्दैन, अनि रहिरहन्छ यहीं वरपर, हामीलाई विरामी पार्ने सञ्चित शक्ति बोकेर । यिनै धुलोका कणहरुको कारण काठमाडौं विश्वकै बढी प्रदुषित शहरहरुको सुचीमा पर्छ । केही वर्ष अघिसम्म वायुप्रदुषणको मुख्य कारण थिए, अव्यवस्थित इट्टाभट्टा । तिनको चिम्नीको उचाई बढाउन सरकारले आदेश दिएपछि अहिले प्रदुषणका कारण बनेका छन्, गाडीको धुवाँ र बाटोको धुलो । यी धुलोका कणले हाम्रो आँखा, छाला जस्ता बाहिरी अंग र फोक्सो जस्ता भित्र अंगमा संक्रमण गर्न सक्छन्, स्वासप्रश्वासको रोगी बनाउन सक्छन् । मोटरसाइकल चलाइरहेकाहरुको आँखामा यही धुलो पसेर दुर्घटना भएको हामीले धेरै सुनेका छौं । यही धुलोका कारण हवाइजहाजलाइ आफ्नो बाटो पहिल्याउन समेत हम्मे हम्मे पर्छ ।

हाम्रो वरपरका चराचुरुङ्गी तथा रुखविरुवा पनि विरामी पर्छन् । स्वस्थ रहने इच्छा भएका हामी सबैका लागि प्रमुख चुनौती बनेर उभिएको छ, काठमाडौंको धुलो । तत्काल यसको व्यवस्थापनका लागि के कस्तो उपाय अपनाउने हो भन्नेमा एकमत समेत भइसकेको छैन सरकारको । तर विज्ञहरु बताउँछन्, “सरकारले केही गरेन भनेर हामी चुप लागेर बस्ने होइन बरु हामी आफै पनि संक्रमणबाट जोगिने काम चाहीं गर्नुपर्छ । सचेत भइरहनुपर्छ । फोहर जहाँ उत्पादन हुन्छ, त्यहींबाट गाडीमा हालेर सम्बन्धित ठाउँसम्म पु¥याउने व्यवस्था मिलाउनु पर्छ ।” विज्ञहरुले भने जस्तै सचेत हुने उपाय हामीसबैले अपनाउनु पर्छ । तपाई पनि घरबाहिर निस्कंदा धुलो रोक्ने चश्मा र मास्कको प्रयोग गर्नुस्, दिनको दुईपटक सफा चिसो पानीले आँखा सफा गर्नुस् अनि बेला बेलामा डाक्टरको सल्लाह लिन नभुल्नुस् । आखिर आफ्नो स्वास्थ्यको पहिलो सुरक्षागार्ड हामी आँफै नै हो ।